१८ कात्तिक । । जाजरकोट भूकम्पका पीडितलाई राहत र घाइते उद्धारमा जुट्न कलाकारले आग्रह गरेका छन् । सामाजिक संजालमार्फत उनीहरुले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारलाई उक्त गरेका हुन् ।
चलचित्र विकास बोर्डका तर्फबाट अध्यक्ष भुवन केसीले जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्दारमा जुट्न अपिल गरेका छन् । अभिनेत्री करिश्मा मानन्धरले पीडितको उद्धार र राहतमा जुट्न सरकारलाई आग्रह गरेकी छन् ।
फिल्म निर्माता तथा निर्देशक आकाश अधिकारीले आफूसँग भएको ५०/७० थान त्रिपाल पीडितलाई सहयोग गर्ने जनाएका छन् । फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीले आ-आफ्नो क्षमताअनुसार मलम लगाउन आग्रह गरेका छन् ।
गायक प्रमोद खरेलले सरकार र सक्नेजति सबैले उद्धार कार्यमा हातेमालो गर्न आग्रह गरेका छन् । गायक राजेशपायल राईले पनि उद्धार र राहतमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।
फिल्म अभिनेता दयाहाङ राई, निर्देशक निश्चल बस्नेत, निर्मल शर्मासहित कलाकारले सरकारको ध्यानाकर्षण गराएका छन् । नाटक र फेसन जगतका सेलिव्रिटीले पनि सामाजिक संजालमा जाजरकोट भूकम्पप्रति दुःख व्यक्त गर्दै राहत र उद्दारमा जुट्न सरकारलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया