२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दर्शकले मौन धारण गर्न नमान्दा घटना भयो, क्षमा चाहन्छुः सुगम पोखरेल



१९ कात्तिक । गायक सुगम पोखरेलले अष्ट्रेलियाको एडिलेडमा दर्शकलाई माइक प्रहार गरेको बारे प्रतिक्रिया दिएका छन्।

सुगमले सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै नेपालमा भूकम्पबाट मृत्यु भएकाहरुको नाममा मौन धारण गर्न आग्रह गर्दा दर्शकले नगरेपछि उक्त घटना भएको जानकारी दिएका छन्।

पोखरेलले भनेका छन, ‘अष्ट्रेलियाको एडिलेडमा भएको घटना अहिले भाइरल भएको रहेछ। हाम्रो नेपाली समाज यति संवेदनहिन भएको हो। अहिले भुइँचालोका कारण देशलाई दुखिरहेको छ। नेपाली कलाकार भएको हुँदा देशलाई दुख्दा मलाई पनि दुख्छ। हिजोको कार्यक्रममा मौन धारण गरौं भन्दा के भयो त्यो तपाईहरूले भिडिओमा देख्न सक्नुहुन्छ। मेरो क्रियाको प्रतिक्रिया त्यसकै कारणले मात्र थियो। कसैको नेपाली मनलाई चित्त दुखाएँ भने क्षमा चाहन्छु। तर जहिले पनि संगीतको सेवा गर्नेछु।’

अष्ट्रेलियाको एडिलेडमा शनिबार आयोजित कन्सर्टमा गायक सुगमले फ्यानलाई माइक प्रहार गरेका थिए। अहिले उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १० : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।