११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुर दरवारपरिसरमै चोरी



१९ कात्तिक । सधै कडा सुरक्षा व्यवस्था हुने भक्तपुर दरवारपरिसर नजिकै समला गल्लीमा चोरी भएको छ ।
प्रहरीका अनुसार भक्तपुर नगरपालिका ३ दरबार स्क्वायर समला गल्ली डेरा गरी बस्ने भक्तपुर नगरपालिका ४ घर भएकी ६० वर्षीया कान्छी लबजुको कोठाबाट शनिबार राती चोरी भएको हो । उनको कोठाबाट रातको समयमा कोठामा कोही नभएको अवस्थामा विभिन्न सुनका गरगहना र नगद ६० हजार रुपैयाँ गरी २ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल शनिबार राति चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  २ : ५८ बजे