११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपत्यका मेयर्स फोरमद्वारा भुकम्पपिडितलाई २५ लाख सहयोग दिने



काठमाडौँ
१९ कात्तिक ।  शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई उपत्यका मेयर्स फोरमले रु २५ लाख सहयोग गर्ने भएको छ ।

ललितपुर महानगरपालिका ललितपुरको सभाहलमा आज बसेको उपत्यका मेयर्स फोरमको आकस्मिक बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि रु २५ लाख सहयोग गर्ने निर्णय गरेको फोरमका महासचिव एवं चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिएका छन् ।

उक्त बैठकले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै निधन भएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । जाजरकोट भूकम्पमा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना उक्त बैठकले गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ४ : ०० बजे