७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जाजरकोट भूकम्पमा ९३७ घरमा पूर्ण क्षति, २,९५४ घरमा आंशिक



१९ कात्तिक । गृहमन्त्रालयले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा क्षति पुगेका घरधुरीको संख्या सार्वजनिक गरेको छ ।

गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म ९३७ घरमा पूर्ण क्षति र २,९५४ वटा घरमा आंशिक क्षति भएको छ ।
त्यसमध्ये जाजरकोटमा सबभन्दा बढी ९०५ वटा घर पूर्णरूपमा क्षति भएको छ । त्यस्तै २६८५ घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिमको विवरण भने हालसम्म सार्वजनिक गरेको छैन ।

त्यस्तै रुकुम पूर्वमा ५ वटा घरमा पूर्ण क्षति र ११८ घरमा आंशिक क्षति भएको छ ।
सल्यानमा ९७, प्युठानमा २९, रोल्पामा १७, दाङमा ६, नवलपरासी पूर्व र दैलेखमा १÷१ घर क्षतिग्रस्त भएका छन् । यस्तै सल्यानमा २५, दैलेख र बैतडीमा १÷१ घर क्षतिग्रस्त भएका छन् ।

गृहमन्त्रालयका अनुसार जाजरकोटमा १०५ र रुकुममा ५२ जनाको मृत्यु भएको छ । यस्तै घाइते २५६ जनामध्ये जाजरकोटका ११२, रुकुमका १३२, सल्यानका २, रोल्पाका १ र दैलेख, बैतडी, जुम्लामा ३/३ जना घाइते भएका छन् ।

क्षतिको विवरण संकलन भइरहेकाले यो क्षतिग्रस्त संरचनाको संख्या अझै बढ्न सक्ने मन्त्रालयको भनाइ छ ।

सरकारले उद्धार कार्यका लागि सशस्त्र प्रहरी बलका ४८५ जना, नेपाल प्रहरीका ८७४ जना र नेपाली सेनाका २०२ जना परितालन गरिएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ४ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।