२० कात्तिक । स्वास्थ्यमा सुधार आएपछि अभिनेता प्रकाश घिमिरेलाई आईसीयूबाट न्युरो वार्डमा सारिएको छ । गत साता पोखराको नदीपुरस्थित भीरबाट लडेर घाइते भएपछि उनको उपचार स्थानीय मणिपाल शिक्षण अस्पतालमा भइरहेको छ ।
वार्डमा सारिएपछि उनले भेट्न पुग्ने आफन्त र शुभचिन्तकसँग दोहोरो कुराकानी गर्न थालेका छन् । स्थानीय मिडियासँग कुरा गर्दै घिमिरेले चाँडै स्वास्थ्य लाभ गरेर काममा फर्किने आशा व्यक्त गरे ।
अहिले छायांकनमा रहेको ‘महाजात्रा, डिग्री माइलासहितका काम गर्न बाँकी फिल्मको काम मंसिरसम्म पूरा हुने उनले बताएका छन् । डिग्री माइलाको छायांकन आधा सकिएको र मंसिरमा आफ्नो भागको सुटिङ सक्ने उनले बताएका छन् ।
प्रतिक्रिया