२० कात्तिक । सुई लगाएको केहीबेरमा नै बिरामीको मृत्यु भएको प्रकरणमा पाटन अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ ।
अस्पतालको ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सकमाथि कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की दिइएको भन्दै नेपाल चिकित्सक संघले विरोध जनाएको छ ।
अस्पतालमा शनिबार सुई मार्फत एन्टिवायोटिक औषधि दिंदा ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको थियो । सोही घटनालाई लिएर मृतकका आफन्तले चिकित्सकमाथि हातपात गरेका थिए ।
उक्त घटनापछि पाटनका आवासीय चिकित्सकहरु आन्दोलनमा छन् । उनीहरुले हातपात र दुर्व्यवहार गर्नेलाई तुरुन्तै प्रकाउ गर्नुपर्ने र जेल हाल्नुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया