२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


देउराली बहुद्देश्यीय सहकारी संस्थाविरुद्ध ३९६ उजुरी



२१ कात्तिक । देउराली बहुद्देश्यीय सहकारी संस्था र संस्थाका अध्यक्ष रविन्द्र चौलागाईले ठगेको भन्दै ३९६ जना बचतकर्ताले ४८ करोड माग दाबी गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) मा उजुरी दिएका छन् ।

ब्यूरोका प्रवक्ता नवराज अधिकारीले बताए । उनका अनुसार अहिले पनि सहकारीले गठेको भन्दै उजुरी आउने क्रम जारी रहेको छ ।

ब्यूरोले सहकारीबाट ठगिएका बचतकर्तालाई प्रमाणसहित २४ गतेसम्म ब्यूरोमा जाहेरि दिन भनेको छ । सहकारीका अध्यक्ष लगायतले संस्थाको नामबाट बचतकर्तालाई ठगेपछि सहकारीका अध्यक्षसहित पदाधिकारी उपर मुद्दा दर्ता गरी ब्यूरोले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा कोही पनि पीडित बचतकर्ता नठगिउन भनेर २४ गतेसम्म प्रमाणसहित जाहेरी मागेको ब्यूरोले जनाएको छ ।

संस्थाका अध्यक्ष रविन्द्र चौलागाईले संस्थाको नामबाट बचतकर्ताको चार करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिनाको आरोपमा ब्यूरोले असोज १६ गते पक्राउ गरेको छ । ३९ वर्षीय चौलागाईं काभ्रे जिल्ला चौरी देउराली गाउँपालिका–६ का स्थायी बासिन्दा हुन् ।

बचतकर्तालाई कहिले पैसा दिन भाखा सार्दै त कहिले जग्गा दिने प्रलोभन देखाउँदै आएको देउराली सहकारीबारे सीआईबीले अनुसन्धान जारी राखेको छ ।

बचतकर्ताले आफूहरुले जम्मा गरेको रकम नदिएपछि प्रहरीमा उनीविरुद्ध उजुरी दिएका थिए, उजुरी दिने क्रम अहिले पनि जारी छ । सञ्चालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत उठाएर नदिएको बचतकर्ताको आरोप छ ।

सहकारीले कारोबार बन्द गरेपछि बचतकर्ताले असार २ गते महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए । त्यसपछि सहकारीलाई कर्जा सूचना केन्द्रले पनि कालो सूचीमा राखेको थियो ।

ब्यूरोले अहिलेसम्म संस्थाका अध्यक्ष चौलागाईसहित सहकारीका व्यवस्थापक दीपक केसी र ऋण समितिका सदस्य राजेन्द्र खत्रीलाई पक्राउ गरिसकेको छ । ब्यूरोले केसी र खत्रीलाई कात्तिक १२ गते ललितपुरबाट पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : ३१ बजे