२२ कात्तिक । काठमाडौं धुम्बाराहीबाट जुवा खेलेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार बिहान साढे २ बजे काठमाडौं महानगरपालिका-४ धुम्बाराही पिपलबोटस्थित टहरामा जुवा खेलिरहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको हो।
जुवा खेलिरहेको भन्ने खबरपछि प्रहरी वृत्त महाराजगन्जबाट डिएसपी अमरबहादुर थापा क्षेत्रीको नेतृत्वमा १० जनाको टोली खटिएको थियो।
उक्त टोलीले ७ जनालाई पक्राउ गरेको हो। घटनास्थलबाट प्रहरीले दुई लाख ९२ हजार, २० हजार रुपैयाँको चेक एउटा र ११ बुक तास बरामद गरेको छ।
प्रतिक्रिया