९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्रीमा झर्‍यो



२३ कात्तिक । दिनप्रतिदिन देशभर चिसो बढ्दै गएको छ भने तापक्रम घट्दै गएको छ। यसैबीच काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ८ डिग्रीमा झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस देखिएको हो।

हिजो बुधबार उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस थियो। आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २३ देखि २५ डिग्रीको बीचमा रहने अनुमान रहेको उनले बताए।

आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे सार्वजनिक हुनेछ। जतिबेला काठमाडौँ उपत्यकासहित देशभरको विवरण आउनेछ।
बिहान लिइने तापक्रम न्यूनतम हो भने दिउँसो लिइने तापक्रम अधिकतम हो।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ५ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।