२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शुक्रबारयता जाजरकोटमा साढे ६ सय परकम्प



२३ कात्तिक । जाजरकोटमा बिहीबार बिहान पुनः भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको परकम्प गएको हो ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता झण्डै साढे ६ सय परकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । सबैभन्दा शक्तिशाली परकम्प भने गत २० गतेको ५.८ म्याग्निच्युडको थियो ।

जाजरकोट भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको ज्यान गइसकेको छ भने ३६४ जना घाइते भएका छन् । १७ हजार ८९६ घर पूर्णरुपमा र १७ हजार ८५० घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । सरकारले मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । प्रभावित क्षेत्रमा हाल राहत वितरण र पुनर्स्थापनाको काम जारी छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ७ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।