९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भैसेपाटी तालिम केन्द्रलाई राष्ट्रियस्तरको प्रशिक्षण प्रतिष्ठान बनाउने बाटो खुला



२३ कात्तिक । ललितपुर भैसेपाटीमा रहेको राष्ट्रिय व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठानलाई व्यावसायिक प्रशिक्षण प्रतिष्ठान बनाउने बाटो खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त तालिम केन्द्रलाई राष्ट्रिय प्रतिष्ठान बनाउन लागेको हो
आज बसेको मन्त्रिपरिषद् बैठकले विधेयक समितिबाट पेश भएको राष्ट्रिय व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान (गठन तथा सञ्चालन) आदेश, २०८० परिमार्जनसहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । अब राष्ट्रिय स्तरको प्रतिष्ठान बनाउने बाटो खुलेको हो ।

मन्त्रिपरिषद्को उक्त निर्णयसँगै श्रम मन्त्रालयले राष्ट्रियस्तरको प्रतिष्ठान बनाउने प्रक्रिया अगाडि बढाएको हो । श्रम मन्त्रालयले उक्त प्रतिष्ठानलाई राष्ट्रिय स्तरको प्रशिक्षण प्रतिष्ठान बनाएर सीप सम्बन्धीका तालिमहरू प्रदान गर्ने योजना बनाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक उमाकान्त आचार्यले अब प्रतिष्ठानले विश्वबजारलाई आवश्यक पर्ने खालको सीप प्रदान गर्ने बताए ।
उक्त प्रतिष्ठानलाई अत्याधुनिक सुविधासम्पन्न बनाएर श्रम बजारको आवश्यकता अनुसारका तालिमहरू प्रदान गरिने बताए । प्रतिष्ठानबाट तालिमको सीप परीक्षण (स्किल टेष्ट), प्रमाणीकरण (एक्रिडेशन) र स्तरीकरण गर्ने कार्य हुने उनको भनाई छ ।

त्यस्तै तालिमलाई थप विश्वसनीय तथा गुणस्तरीय बनाइने र वैदेशिक रोजगारीमा जाने कामदारलाई आवश्यक सीप दिएर मात्र पठाउने उनको भनाई छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  २ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।