२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र बलिदानको टिजर : लुटतन्त्रविरुद्ध लडाईको झल्को



 

काठमाडौं
२६ कात्तिक । चलचित्र तयार भएर प्रर्दशनमा जानु अगाडि टिजर सार्वजनिक गर्ने नेपाली सिने बजारको चलन भत्काउदै निर्देशक सन्तोष सेनले चलचित्र बलिदानको टिजर सार्वजनिक गरेका छन् ।चलचित्र बलिदानको टिजर हेर्दा लुटतन्त्रविरुद्ध लडाईको झल्को दिन्छ ।
अहिलेसम्म चलचित्र बलिदान छायांकनमा गएको छैन । कलाकार पनि को को रहने कुनै पत्तो छैन । तर भर्खरै युट्युवमा यस चलचित्रको टिजर सार्वजनिक भइसकेको छ ।
१ मिनेट १५ सेकेण्ड लामो टिजरमा मधेशबासीको लबजमा केही संवाद सुन्न सकिन्छ । दृश्यमा आगो बलिरहेको मान्छेहरु लडाईमा मारिएको छनक दिने दृश्य देखिन्छ ।

टिजरमा ठूलो आवाजका साथ बम पड्किएको सुनिन्छ ।बसभित्र शव र माथि राष्ट्रिय झण्डा उभिएको दृश्यसँगै स्वभिमान र जातीय विद्वेष फैलाउने राजनीति विरुद्ध विषबमन गरिएको छ ।

चलचित्र आसुसेन प्राालि तथा सन्तोष सेनको प्रस्तुति रहने टिजरमार्फत खुलासा गरिएको छ । चलचित्रको नर्माता पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्रबहादुर चन्द, प्रेम पुरी लगायत रहेका खुलेको छ । चलचित्रको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित छन् ।

चलचित्र बलिदान २०८१ सालको दशैंको छेको पारेर प्रर्दशनमा आउने निर्देशन सेनले यसअघि नै सार्वजनिक गरिसकेका छन् ।

हेर्नुस् टिजर :

 

 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ५ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।