२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अझैं छ झरि पर्ने सम्भावना



काठमाडौँ
२६ कात्तिक । हिजो शनिबार दिउँसो अचानक मौसम बदली भएर झरि प¥यो । धेरैले अनुमान गरे तिहारमा हिलो मैलो हुने भो । तर आज विहान मौसम सफा भयो । अहिले घाम लागिरहेको छ ।
 तर मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनलाई आधार मान्ने हो भने अझैं झरि पर्ने सम्भावना टरेको छैन ।
पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही र बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशको पहाडी भेगमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा छ । “भोलि सोमबार र कात्तिक २८ गते मङ्गलबार देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ । पहाडी भूभागमा पातलो बादल लाग्ने सम्भावना रहेकाले एक÷दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ”, उनले भने ।
मौसमविद् लामिछानेले अबको केही दिन नयाँ मौसमी प्रणाली आउने सम्भावना नरहेकाले तिहारको समयमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान रहेको जानकारी दिए । उनले भने, “पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अलिअलि बादल आउने सम्भावना रहे पनि तिहारको समयमा त्यस्तो ठूलो मौसमी प्रभाव गर्ने देखिदैन ।”
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
      भोलि सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ७ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।