२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


टिकटक बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन



काठमाडौँ
२७ कात्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकक संस्थाहरूलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वल्डलिङक’ लगायतका कम्पनीहरुले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै सबै टिकटक बन्द हुने जानकारी दिएका छन् ।

इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटर संस्थालाई पत्राचार भइसकेकाले छिट्टै टिकटक बन्द हुने प्राधिकरणको विश्वास छ । टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि खबर गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ३ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।