११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको नाङ्लेभारेमा जुवातास खेल्ने ८ जना पक्राउ



काठमाडौं
२८ कात्तिक । काठमाडौंको नाङ्लेभारेमा जुवातास खेल्ने ८ जना पक्राउ परेका छन् ।
शंखरापुर नगरपालिका १ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दंगालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दंगाल समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ८ सय ३५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका १ ढुङ्गाना गाउँ बस्ने ४२ वर्षीय मधु रमालसमेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
सोही चौकीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार ८ सय ५५ रुपैया र १ बुक ताससहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ४ : ५२ बजे