११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नागढुङ्गाबाट प्रहरीद्वारा पटाकालगायत विस्पोटक पदार्थ बरामद



काठमाडौं
२६ कात्तिक । चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट विभिन्न किसिमका पटाका प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार नेपालगंजदेखि काठमाडौं आउँदै गरेको भे.१ ख.३८४७ र बुटबलदेखि काठमाडौं आउँदै गरेको लु.१ ख ३४३५ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा नागिन पटाका सानो २ ब्याण्डेलमा २ सय पिस, चक्कर १४ पिस, मिसाईल लेखिएका बम पटाका २ प्याकेटमा ६ पिस, सुतली बम पटाका ९ पिस, सानो गमला ६ पिस, ठुलो गमला १ प्याकेटमा १० पिस, झिरझिरे ४२ पिस र ४ प्याकेट, मिसाईल लेखिएका सानो बम पटाका ३ पिस र ज्ञद्द कजयत लेखिएका २ प्याकेटमा २४ पिस फेला पारी बरामद गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  २ : ४० बजे