२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


निर्देशक सरोज दाहालको टेलिचलचित्र ‘टुल्के दाइ’ प्रशारण हुने



 

काठमाडौं
१ मंसिर । निर्देशक तथा कलाकार सरोज दाहालले नयाँ टेलिसिरियल ल्याउने भएका छन् । दाहालको निर्देशनमा आगामी मंसिर १५ गतेबाट प्रसारणमा आउने ‘टुल्के दाइ’ नामक टेलिसिरियलको शुक्रबार प्रोमो रिलिज गरिएको छ ।
‘टुल्के दाइ’को भूमिकामा बाबुराम शाक्य रहेको यस टेलिचलचित्र ‘टुल्के दाइ अफिसियल’ नामक युट्युब च्यानलबाट प्रशारण हुँदैछ ।
रिलिज गरिएको ३ मिनेट लामो प्रोमोमा सामाजिक एवम् पारिवारिक कथावस्तुलाई देखाइएको छ। प्रोमोले नै पूरा टेलिसिरियल कस्तो बन्ला ? भनेर कौतुहलता जगाएको छ।

बिएम पिक्चर्सको प्रस्तुतिमा यो सिरियल निर्माण गरिएको छ। मायादेवी श्रेष्ठ, सरोज दाहाल, रश्मि भट्ट, कृष्ण भक्त महर्जन, बद्री पुडासैनी, मलाईका बस्नेत लगायतका कलाकारहरुको अभिनय सिरियलमा रहनेछ।

सिरियलमा बाबुराम शाक्यको कथा र सौरभ दवाडीको पटकथा रहेको छ। अनिल जिसीले सिरियल खिचेका हुन् भने मुकेश हमालले सम्पादन गरेका छन्।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ३ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।