१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘पशुपति प्रसाद ३’ बन्ने, नयाँ  कलाकार थपिने



काठमाडौँ
३ मङ्सिर । ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माणसँगै नयाँ कलाकार थपिने भएका छन् ।
लेखक खगेन्द्र लामिछानेले तेस्रो शृङखला शीर्ष भूमिका निर्वाह गर्दै छन् । रोजिना सिटौलाले निर्माण गर्ने उक्त चलचित्रमा शृङ्खलाका कलाकारसँगै नयाँ पनि थपिने उनले जानकारी दिए ।
्पशुपति प्रसाद २ ः भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो ।
निर्देशक दीपेन्द्रकुमार खनालले अपूरा कथा र छाडिएका पात्रलाई पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताए । उनले भने, “हामी अहिले नै चलचित्र बनाउने मनस्थितिमा थिएनौँ । यद्यपि दोस्रो शृङ्खलाले उब्जाएका प्रश्नलाई सम्बोधन गर्न पनि घोषणा गरेका हौँ । यो आउँदो वर्ष नै प्रदर्शनमा आउँछ ।”
“कथा लेखन र अभिनयमा मात्र म व्यस्त छु । दोस्रो शृङ्खलाको क्रममा चलचित्र भवन पुग्दा पशुपति प्रसाद कहिले हेर्न पाइन्छ ? भन्ने दर्शकले जिज्ञासा राखे । त्यसैले हामीले यसलाई निरन्तरता दिने योजना अनुरुप घोषणा गरेका हौँ”, अभिनेता लामिछानेले भने ।
। यसअघि यो समूहले ‘पशुपति प्रसाद’, ‘धनपति’, ‘पशुपति प्रसाद २ ः भष्मे डन’ निर्माण गरेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ५ : १५ बजे