९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा शुरु भयो कात्तिक नाच



३ मंसिर । ललितपुर पाटन मंगलबजारको डबलीमा कात्तिक नाच शुरु भएको छ । हरेक वर्ष मनाइने कात्तिक नाच यस वर्ष शनिबार साँझदेखि शुरु भएको हो ।

फरक–फरक देवीदेवताको नाच प्रदर्शन गरेर मनाइने कात्तिक नाच हेर्न उपत्यकासहित आसपासका जिल्लाबाट सर्वसाधारणको घुइँचो लाग्ने गर्छ । ११ मंसिरसम्म चल्ने नाचका क्रममा झन्डै एक दर्जन नाच प्रदर्शन गरिन्छ । नाचको पहिलो दिन शनिबार साँझ ७ बजेदेखि १० बजेसम्म पाटन डबलीमा बाथःप्याखँअन्तर्गतको माकः सीमियेगु नाटक प्रदर्शन गरिएको छ । १३ जना कलाकारले प्रस्तुत गरेको उक्त नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले शुरु गरेको हो ।

नाचको दोस्रो दिन बाथःप्याखँअन्तर्गतको कौलाखिचा, तेस्रो दिन बाथःप्याखँअन्तर्गतकै महामूर्ख, चौथो दिन युद्धकला, पाँचाैँ दिन देवी प्याखँ, छैटौँ दिन जलशयण, साताँै दिन वराह अवतार, आठौँ दिन नृसिंह अवतार, नवौँ दिन वस्त्रहरण लीला र दसौँ दिन दधिलीला नाच प्रदर्शन गरेर नाच समाप्त हुनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ५ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।