३ मंसिर । आशुसेन फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘बलिदान’को शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित भएका छन् । अभिनेता मल्ल र निर्माताबीच शनिबार लिखित सम्झौता भएको छ ।
यसअघि अर्पण थापा पनि अनुबन्धित भइसकेका छन् । अनलाइनखबरलाई प्राप्त तस्वीरमा सौगातसहित फिल्मको टोलीलाई देख्न सकिन्छ । मल्लसहित निर्देशक सन्तोष सेन, वितरक गोविन्द शाहीलगायत निर्माता तस्वीरमा छन् ।
फिल्ममा सौगातले एन्टीहिरोको भूमिका निर्वाह गर्ने जानकारी स्रोतले दिएको छ । पुस पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मलाई सामाजिक-राजनीतिक ड्रामा भनिएको छ ।
प्रतिक्रिया