२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दुर्गा प्रसाईं र महेश बस्नेतको घरमा सुरक्षा निगरानी, सादा पोशाकमा खटाइयो प्रहरी



६ मंसिर । नेपाल प्रहरीले दुर्गा प्रसाईं र महेश बस्नेतको घरमा निगरानी बढाएको छ। भोलि काठमाडौंमा हुने प्रदर्शनको सुरक्षालाई मध्येनजर गरेर भक्तपुरमा सुरक्षा निगरानी बढाइएको
प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरूमाथि हुनसक्ने आक्रमण र त्यहाँबाट हुनसक्ने अन्य गतिविधिहरूलाई निगरानीका लागि सादा पोशाकमा प्रहरी खटाइएको हो । प्रहरीले भक्तपुर प्रहरी, काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो), केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट छुट्टाछुट्टै टोली खटाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ११ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।