११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंका लाजिम्पाट र गौशालामा दुई जना मृत फेला



६ मंसिर । काठमाडौंका लाजिम्पाट र गौशालामा एक एक जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३ लाजिम्पाटस्थित बाटोमा अन्दाजी ४० वर्षीय जिते राई बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका ८ गौशाला चोकस्थित भुना गेष्ट हाउसमा मंसिर ४ गतेदेखि बस्दै आएका रौतहट घर भएका २४ वर्षीय कुन्दन शाह बसेकै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ४ : २९ बजे