११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा राजधानीका सात ठाँउमाबाट जुलुस निस्कने



ललितपुर
७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा राजधानीका सात ठाँउमाबाट आज जुलुस निस्कने भएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका अनुसार भक्तपुरको परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुल्ला चौर, गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रिभुवन विश्वविद्यालय प्रवेश द्वार अगाडि र चाबहिल चोकमा भेला हुने सर्वसाधारणलाई आह्वान गरिएको छ । ती स्थानबाट जुलुस बल्खुतर्फ प्रस्थान गर्नेछ ।
महाअभियानका सहप्रवक्ता राजानन्द माडव्यका अनुसार जुलुसमा धार्मिक झण्डा र राष्ट्रिय झण्डाबाहेकका अन्य झण्डाहरु प्रयोग गर्न निषेध गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ३ : २० बजे