११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा तीन जना मृत फेला



७ मंसिर । राजधानी काठमाडौंमा तीन जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १५ सानोभ¥याङमा काभ्रे पाँचखल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रबिन अधिकारी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी गोकर्णेश्वर नगरपालिका ८ डेरा गरी बस्ने मकवानपुर गडी नगरपालिका ९ घर भएका ३८ वर्षीय प्रेम कुमार भुजेल र सोही नगरपालिका ८ माकलबारी डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका ३ घर भएका २८ वर्षीय संगम पोख्रेल आ आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  २ : ०८ बजे