४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सेयर बाँडफाँड सबै सिनेकर्मीको जित होः स्वस्तिमा



७ मंसिर । सेयर बाँडफाँडको सहमति भएसँगै अभिनेत्री स्वस्तिमा खड्काले खुसी व्यक्त गरेकी छिन्। उनले फेसबुकमा स्टाट्स लेख्दै यो निर्णय सबै सिनेमाकर्मीको जित भएको उल्लेख गरेकी छिन्।
यस निर्णयले निर्देशक र निर्मातालाई राहत मिलेको उनको भनाइ छ।
‘वर्षौदेखि चल्दै आएको बहसले अन्ततः सही नतिजा ल्याएको छ। यो निर्णयले स्वदेशी फिल्मलाई लामो समयसम्म ज्युँदै राख्नेछ। ठूला स्टार नराखी फिल्म बनाउने नयाँ निर्देशक र निर्मातालाई लगानी डुब्ने चिन्ताबाट थौरै भएपनि राहत मिल्नेछ। वर्ड वफ माउथबाट विस्तारै गति लिने फिल्मलाई सबैभन्दा ठूलो आड हुनेछ। यो निर्णय हामी सबै सिनेमाकर्मीको जित हो,’ उनले लेखेकी छिन्।
साथै नेपाल निर्माता संघ र नेपाल चलचित्र संघलाई समेत धन्यावाद दिएकी छिन्। निश्चल बस्नेत निर्देशित यस फिल्ममा स्वस्तिमासहित खगेन्द्र लामिछाने, दयाहाङ राई लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ५ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।