२७ माघ २०८२, सोमबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मौसम पूर्वानुमान महाशाखा भन्छ, ‘हिउ पर्ने सम्भावना छ’



 

काठमाडौँ
८ मङ्सिर । विहानैदेखि घाम लागेको छ । आकाशमा केही टुक्रा वादल भए पनि पानी पर्लाजस्तो चाही छैन । तर जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भने उच्च पहाडी क्षेत्रमा हिउ र अन्य ठाँउमा बर्षा हुन सक्ने भन्दै बुलेटिन प्रकाशन गरेको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उसको आकलन छ ।

अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यता सफा रहने र दिउँसो देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान छ ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आकलन गरेको छ । भोलि मङ्सिर ९ गते पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ ।

 

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ४ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।