२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जीवित श्रीमानलाई मृतक देखाएर एकल भत्ता दिलाएको आरोपमा मुद्दा



८ मंसिर । ज्युँदो श्रीमानको मृत्यु दर्ता गराएर एकल महिला भत्ता लिनुखानु गरेको आरोपमा दुई जनाविरूद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

एकल भत्ता दुरुपयोगको आरापमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछाप मन्थली नगरपालिका वडा नम्बर–३ का तत्कालीन वडा सचिव शिवकुमार महतो र निर्मला खत्रीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। वडा सचिवसँगको मिलेमोतोमा खत्रीले आफ्ना श्रीमानको मृत्यु भएको भन्दै मृत्यु दर्ता गरी एकल महिला भत्ता लिने गरेको आरोप छ।

वडा सचिव महतोले खत्रीलाई भत्ता लिनको लागि एकल महिला परिचय पत्र बनाउन लिखत बनाइदिएको आरोप अख्तियारको छ। अनुसन्धानका क्रममा मृत्यु दर्ता अभिलेख बनाएर भत्ताको परिचय पत्र बनाइदिएको तथ्य पुष्टी भएको छ।

श्रीमान् जिवित हुँदाहुँदै एकल महिला भत्ताबापत खत्रीले ४५ हजार दुई २० रुपैयाँ बुझिसकेको अनुसनधानबाट पाइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १२ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।