१० मंसिर । गतविहीबारबाट राजधानीमा प्रर्दशन सुरु गरेका व्यावसायी दुर्गा प्रसाईका समर्थक राजधानीका विभिन्न चोकमा नाचगान गर्ने भएका छन् ।
विभिन्न जिल्लाबाट राष्ट्रिय झण्डासहित राजधानी काठमाडौं आएका समर्थकहरु काठमाडौंको कलंकी, बालाजु र रत्नपार्कमा साँस्कृतिक कार्यक्रम गर्ने भएका हुन् ।
साथै कार्यक्रम भक्तपरको सल्लाघारीमा समेत हुने भएको छ ।
कार्यक्रम ११ बजे सुरु हुने बताइएको छ ।
गत विहीबार राजधानीको बल्खुमा भएको प्रर्दशन झडपमा परिणत भएपछि सरकारले प्रर्दशनमा कडाई गरेको छ । शुक्रबार राजधानीको तीनकुनेमा उनका समर्थकले प्रर्दशन गर्ने तय गरेपनि व्यावसायी प्रसाईलाई घरमै सुरक्षाकर्मीले थुनेर राखेको थियो भने तीनकुनेमा प्रर्दशन गर्न पुगेका समर्थकहरुलाई श्रृखलाबद्ध रुपमा पक्राउ गरेको थियो ।
प्रसाईले शनिबार भने राजधानीको सिफलमा प्रर्दशन गरेका थिए । प्रर्दशनमा उनको समर्थक थोरै थिए ।








प्रतिक्रिया