११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको लोकन्थलीमा एक पुरुष मृत फेला



१० मंसिर । भक्तपुरको लोकन्थलीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली बस्ने हरीकृष्ण द्वारेको विगत ६ महिनादेखि बन्द रहेको धानको भुस राख्न बनाएको जस्ताको खाली टहरामा ५० वर्षीय प्रजाबहादुर राई मृत फेला परेका हुन् ।
संखुवासभा सिलिचोङ गाउँपालिका १ बस्ने ५० वर्षीय राई आइतबार मृत अवस्थामा फेला परेका थिए । घटनाा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ३ : १० बजे