११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भारतीय नागरिक स्रोत नखुलेको रकमसहित बल्खुबाट पक्राउ



काठमाडौँ
११ मङ्सिर । काठमाडौँ महानगरपालिका १४ बल्खुबाट स्रोत नखुलेको रकम रु १५ लाख ८४ हजार पाँच सयसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ सतुङ्गल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिएका छन् ।

उनका अनुसार प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित गएराति पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनसुन्धान गरिरहेको प्रवक्ता कडायतले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १ : ५० बजे