९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरले पानीको बोतलमा लामखुट्टे भेटिएपछि तिरायो एक लाख जारिवाना



काठमाडौँ
११ मङ्सिर ।ब काठमाडौँको कागेश्वर मनोहरामा रहेको ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालिलाई काठमाडौँ महानगरपालिकाले रु एक लाख जरिवाना तिराएको छ ।

उक्त कम्पनीले उत्पादन गरेको सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि महानगरपालिकाले रु एक लाख जरिवाना तिराएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले राससलाई जानकारी दिए ।

उहाँले भन्नुभयो, “उक्त कम्पनीले उत्पादन गरेको पानीको बोतलमा लामखुट्टे भेटिएपछि प्रहरी कहाँ उजुरी परेको थियो, आज छानबिन गरेर महानगरपालिकाले जरिवाना तिराएको हो ।”

महानगरले उक्त कम्पनीलाई पानीको प्रशोधन र प्याकिङमा ध्यान दिन र बेलाबेला मेसिन पनि परीक्षण गराउन निर्देशन दिएको प्रवक्ता मानन्धरले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  २ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।