२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


घरदैलोमै पुगेर सेवा दिदै नमोबुद्ध नगरपालिका



काभ्रेपलाञ्चोक
१२ मङ्सिर । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले एकीकृत घुम्ती सेवामार्फत नागरिकको घरदैलोमै सेवा उपलब्ध गराउन थालेको छ ।
घुम्ती सेवामा नगरले वडा कार्यालयमा नै योजना सम्झौता, स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र वितरण, व्यवसाय दर्ता गर्न थालिएको जनाइएको छ ।

कार्यक्रमअन्तर्गत कृषि तथा पशुसम्बन्धी घरदैलामै सेवा प्रदान गरिरहेको कार्यालयका योजना अधिकृत विष्णुकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार नगर कार्यालयबाट भौगोलिकरूपमा टाढा रहेका टोलबस्तीमा उपभोक्ता समिति गठन तथा अभिमुखीकरण, राजस्व सङ्कलन, स्वास्थ्य, कृषि तथा पशु सेवा, अपाङ्गतालगायतका लक्षित वर्ग सम्बन्धमा नगरबाट प्रदान गरिने सेवासहित सबै वडास्तर तथा घरदैलोमा सेवा प्रदान गरिएको हो ।

घुम्ती सेवा यही मङ्सिर मसान्तसम्म सञ्चालन गर्ने निर्णय गरी नागरिकको घरदैलोमै सेवा पुर्याइएको नगरप्रमुख कुन्साङ लामाले बताए । उनले भने, “नगरका आम नागरिकलाई घरदैलोमै सेवा सुविधा दिने हाम्रो उद्देश्य रहँदै आएको छ ।”

यस्तै आर्थिक वर्ष २०८०÷८१ का लागि दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट स्वीकृत वार्षिक विकास योजना (नीति, कार्यक्रम तथा बजेट) कार्यान्वयन गर्ने सन्दर्भमा वडास्तरमा नै योजना सम्झौता भइरहेको जनाइएको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ५ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।