२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


घट्टेकुलोबाट धनमाल चोरी



१२ मंसिर । काठमाडौं महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभा सदस्य महेशकुमार महराको केही धनमाल चोरी भएको छ । सोमबार बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राख्नुभएको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले बताए ।
“पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो”, उनले भने । उक्त घटनाका बारेमा प्रहरीले सिसी टिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  २ : ०२ बजे