१३ मंसिर । नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज तेस्रो दिन पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार प्रतितोला एक लाख १७ हजार ४०० तथा मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार तोलामा तीन सय रूपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो । चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १ हजार पाँच सय २० रूपैयाँमा किनबेच भइरहेको छ ।
१३ मंसिर २०८०, बुधबार
20
Shares
प्रतिक्रिया