१४ मंसिर । बाँसुरी फिल्म्सले आगामी रिलिज ‘दयारानी’लाई ठूला अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्ने भएको छ । निर्माता रामबाबु गुरुङ र वितरण कम्पनी सेभेन सिजका प्रतिनिधिबीच यसबारे सहमति भएको छ ।
सहमतिअनुसार सेभेन सिजले घरेलु फिल्मका ठूला बजारहरु उत्तर अमेरिका, अष्ट्रेलिया र मध्यपूर्वमा फिल्म रिलिज गर्नेछ । त्यसपछिका बाँकी बजारमा द्विपक्षीय सहमतिअनुसार प्रदर्शनको तयारी छ ।
यी ठूला बजारमा ‘कबड्डी’ र ‘जारी’ले उछाल कमाइ गरेका थिए । बाँसुरी फिल्म्सको ‘डिग्री माइला’ पनि सेभेन सिजको अन्तर्राष्ट्रिय रिलिजको लाइनअपमा छ । ‘दयारानी’ निर्देशक माओत्से गुरुङले सुरुमा तीन ठूला विदेशी टेरिटोरीमा फिल्म रिलिज गर्नेबारे सहमति जुटेको बताए ।
प्रतिक्रिया