१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


किन चल्छ अभिनेता विपिनको चलचित्र ?



अग्लो शरिर, गोरो र चट्ट मिलेको अनुहार अनि सधै टिपटिप भएर हिड्ने स्मार्ट युवक मात्रै हिरो हुन्छ भन्ने मान्यता अभिनेता विपिन एक्लैले भत्काइदिएका छन्

ललितखबर
१५ मंसिर । सात बर्षअघि निर्देशक दिपेन्द्र के खनालको समूहले चलचित्र ‘पशुपतिप्रसाद’ निर्माण गरे । सामान्य कथामा लगभग १५ दिन पशुपति क्षेत्रमा सुटिङ गरेर बनाइएको यो चलचित्रले नेपाली चलचित्रको परिभाषा नै फेरिदियो ।
सानो बजेटमा निर्माण भएको चलचित्र ‘पशुपतिप्रसाद’ ले करोड कमायो । चलचित्रमा खगेन्द्र लामिछानेको पशुपतिप्रसाद चरित्रभन्दा अभिनेता विपिन कार्कीको भष्मे डनको चर्चा धेरै भयो । अनि यो समूहले ‘पशुपति २ : भष्मे डन’ निर्माण गरे । जुल चलचित्रले पछिल्लो समय सफल बन्यो ।


यसअघि चलचित्र एक भागवत गीतामा अभिनेता विपिन कार्की कमलामाईको भूमिकामा एक तेश्रोलिंगी चरित्रमा देखिए । मैथली लवजमा अभिनेता विपिनको अभिनयको चर्चा चल्यो । तर चलचित्रले खासै व्यावसायिक सफलता पाएन ।
केही समयअघि चलचित्र फुलवारीमा अभिनेता कार्की सेवा निबृत्त शिक्षकको चरित्रमा अभिनय गरे । फरक भूमिका चलचित्रमा उनी जमे । उनको चरित्रलाई लिएर सर्वत्र चर्चा मात्रै भएन चलचित्रले पैसा पनि कमायो ।


चलचित्र जात्रामा फडिन्द्र तिम्सिनामा मात्रै होइन उनी चलचित्र जात्रैजात्रामा सुन तस्कर काण्डको चरित्रमा पनि हिट भए । उनका चलचित्रहरु ताण्डव, गोपि, लुट, लुट २, प्रसाद, नाका, छड्के, सेल्फी किङ र चलचित्र हरिको फरक फरक भूमिकाको चलचित्र बृत्तमा खुव चर्चा भयो ।

 

लामो समयको साधनापछि चलचित्रको सुटिङ सेटमा पुग्ने विपिन सुटिङ अवधिभर चलचित्रको क्यारेक्टरमा हुन्छन् । उनी त्यो अवधिभर यसरी नै बोल्छन्, हाँस्छन्

सुरुका तीनमा दाह्री पालेको, ख्याउटे अनुहार अनि शिरमा कपाल नभएका अभिनेता विपिन कार्कीलाई चलचित्र समिक्षकले पत्याएका थिएनन् । उनको फ्यान पनि थिएनन् ।


रंगमञ्च हुदै चलचित्रको पर्दामा उदाएका उनी चलचित्रमा फरक र जीवन्त चरित्रका साथ प्रस्तुत हुन्छन् । लामो समयको साधनापछि चलचित्रको सुटिङ सेटमा पुग्ने विपिन सुटिङ अवधिभर चलचित्रको क्यारेक्टरमा हुन्छन् । उनी त्यो अवधिभर यसरी नै बोल्छन्, हाँस्छन् । लामो समयसम्मको अभ्यासपछि उनको चलचित्रको पात्र स्थापित भएको पाइन्छ ।


उनी प्रत्येक चलचित्रमा लवाई खुवाई र बोलाई हरेक चलचित्रमा फेरिदिन्छन् । खुङ्खार गुण्डादेखि लुम्रे बुढासम्म उनको अनुहारमा ठ्याक्कै मिल्छ । जुन एक अर्का चलचित्रसँग मिल्दैनन् ।
चलचित्र भवनमा उनको चलचित्र आएको खबर पाउने वित्तिकै हेर्न जानेको लामै लर्को लाग्छ । युट्युवमा पनि उनको चलचित्र हेर्नेको राम्रो दर्शक रहेको भ्युज संख्याबाट ठम्याउन सकिन्छ ।


राजश हमाल, भुवन केसी,शिव श्रेष्ठजस्ता नेपाली समाजमा चलचित्रको हिरोको परिभाषा विपिनले फेरि दिएका छन् । अग्लो शरिर, गोरो र चट्ट मिलेको अनुहार अनि सधै टिपटिप भएर हिड्ने स्मार्ट युवक मात्रै हिरो हुन्छ भन्ने मान्यता अभिनेता विपिन एक्लैले भत्काइदिएका छन् ।

उनको चलचित्र हेर्न दर्शक लालाहित त छैदै छन् । उनीसँगै चलचित्र खेल्न अभिनेत्रीहरु पनि मरिहत्ते गर्छन् भन्ने केही समयअघि चलचित्र क्षेत्रकी एक नम्बर नायिकाको रुपमा चिनिने स्वस्तिमा खड्काले मुखै पोरेर लामो समयदेखि अभिनेता विपिनसँग चलचित्रमा खेल्ने रहर पुरा भएको बताएकी थिइन् ।


बेला बखत नेपाली चलचित्रमा असंख्य फ्यान भएका स्टार हिरोको चलचित्र सुपर डुवर फ्लप बनेका छन् । तर विपिनको चलचित्रले पानी मागेको छैन । उनकाले चरित्र सिनेमामा बिकेकै छ ।
आजको पुस्ताले अभिनेता विपिनको झैं जीवन्त अभिनय खोजेको छ । त्यसैले त उनले नेपाली चलचित्रमा हिरोलाई पछि पार्दै कलाकारलाई अघि बढाएका छन् ।

 

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ४ : ४९ बजे