२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थलीमा सवारी दुर्घटना हुँदा साखु घुमार चोकका मोक्तानको निधन



१५ मंसिर । काठमाडौंको थलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा बिहीबार राति प्रदेश ३-०१-०० ३ क ६४८८ नम्बरको गाडी र बाग्मती प्रदेश ०२(०३२ प ३३४१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार शंखरापुर नगरपालिका-८ साखु घुमार चोक घर भएका ३० वर्षीय सुलभ मोक्तानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचार भइरहेको छ । गाडी चालक फरार छन्, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।