२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भुटानी शरणार्थी प्रकरणः टोपबहादुर नछुट्ने, छोरा सन्दीप रिहा



१५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी नछुट्ने भएका छन् । तर, उनका छोरा सन्दीप भने धरौटीमा रिहा हुने भएका छन् ।
टोपबहादुरलाई उच्च अदालत पाटनले छाड्न अस्वीकार गरेको हो । बुबालाई थुनामै राख्न आदेश दिएको अदालतले छोरा सन्दीपलाई भने छाड्ने आदेश दिएको हो ।
सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश दिइएको छ । शुक्रबार थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ गरिएको थियो । पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले केहीलाई थुनामै राख्ने र केहीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरिएको छ । अन्य भने थुनामै रहनेछन् ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ११ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।