२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


द्रुत बस सेवा चक्रपथसहितका रुटमा विस्तार गरिने



१५ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रत्नपार्कदेखि सूर्यविनायकसम्म सञ्चालनमा रहेको द्रुत बस सेवाको शुक्रबार अनुगमन गरेका छन्। भक्तपुरको सूर्यविनायकदेखि जडिबुटीसम्म मन्त्री यात्रुसँगै बस चढेर सो सेवाको अनुगमन गरेका हुन्। संविधान दिवसको अवसर पारेर गत असोज ३ गतेदेखि शुरु भएको उक्त बस सेवामा दैनिक ३६ वटा बस सन्चालनमा छन्। दसैँ तिहारको बीचमा ट्राफिक चाप कम हुँदा बस सेवा बन्द भएको मन्त्रालयले जनाएको छ।

द्रुत बस सेवाले सार्वजनिक यतायात प्रयोग गर्ने यात्रुलाई सहज भएकाले उपत्यकाका थप रुटमा सेवा विस्तार गर्ने मन्त्री ज्वालाले बताए। हाल यी बसहरु पिक आवर बिहान ९ बजेदेखि ११ र बेलुका ४ देखि ६ बजेसम्म सञ्चालनमा छन्। अनुगमन कार्यक्रममा मन्त्रीसँगै भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्मा तथा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाल पुगेका थिए।

मन्त्रालयले राजधानी उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार व्यक्ति समयमा गन्तब्य पुग्न कठिन भएपछि द्रुत बस सेवा सञ्चालन गरेको जनाएको छ। शुरुमा २५ वटा बसबाट द्रुत सेवा शुरु गरेपनि बस थप्दै लगेको छ।

 

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ४ : २३ बजे