१६ मंसिर । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको चलचित्र ‘मायाबी’को छायांकन सकिएको छ ।
पहिलो चरण र दोस्रो चरण गरि करिब २ महिनामा छायांकन सकिएको हो । चलचित्रको छायांकन सकिएको अवसरमा निर्माणपक्षले केक काटेर खुशी साटेको थियो ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रको शनिबार बिहान २ बजे चलचित्रका मुख्य कलाकार र प्राविधिकहरुले इन्ड क्ल्याप गरेका थिए ।
यो चलचित्रमा पल शाह, दीपिका प्रसाँई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको छायांकन सकिएसँगै निर्देशक भट्टराई निकै उत्साहित छन् । उनले, यो चलचित्र आफ्ना लागि पनि विशेष हुने र नायक पल शाहको करिअरलाई भने नयाँ उचाई दिने बताएका छन् ।
चलचित्रमा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । चलचित्रको सह निर्माताको रुपमा राजु पराजुली, रमा प्रसाँई र नभ्नित झा छन् । चलचित्रका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रुपमा अम्बरीश कश्यप छन् ।
क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । फिल्मको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन् ।
चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । यो चलचित्रले पोखरा केन्द्रित कथा भन्छ । राम्रो टिम भएकाले राम्रोसँग छायांकन सकियो, अब चलचित्रको पोष्ट प्रोडक्शनको काम सकाएपछि प्रदर्शन मिति तय गर्ने निर्देशक भट्टराईले बताएको छ ।
प्रतिक्रिया