१७ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तीन जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । मन्त्रीमण्डलमा रहेका नेपाली कांग्रेसका शमशेर राई, नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुको मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।
आइतबार मुख्यमन्त्री कार्कीले कांग्रेसका राईलाई आन्तरिक मामिला तथा कानून, माअेवादी केन्द्रका उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीका जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्की आफैंले राखेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।







प्रतिक्रिया