२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘हिटम्यान’को पोस्टर हेरेर अभिनेत्री आँचल मख्ख, टिजर हेर्दा तीन छक्क



ललितखबर
१८ मंसिर । राजधानीको एक हलमा आइतबार चलचित्र हिटम्यानको पोस्टर तथा टिजर सार्वजनिक कार्यक्रम थियो ।
अभिनेत्री आँचल शर्मा, निर्देशक तथा अभिनेता विष्णु अधिकारी र कलाकार प्रशान्त ताम्रकारलगायतले पोस्टर अनावरण गरे । पोष्टरमा अभिनेत्री आँचल र विष्णुको रोमान्टिक तस्विर देखियो । पोस्टर हेरेर उनी मख्ख परिन् । अनि पोस्टरमा आफ्नो तस्विर छोरेर उनले ठट्टा गरिन् ।
हलमा प्राविधिकले टिजर देखाए । सबैको कौतुकल मेटियो । कार्यक्रम सञ्चालक नरेश भट्टराईले अचम्मित हुँदै प्वाक्क भनिदिए । ‘हामीले त अभिनेत्री आँचल र प्रशान्तको अनुहार टिजरमा देख्न पाइन्छ भनेको त खै ?’
निर्देशक तथा अभिनेता विष्णुले दुई वटा टिजर देखाएका थिए । दुवैमा आफ्नो भिडियो समेटिएको थियो । रगतले लत्पलिएको शरिर र धनुष बाण हान्दै गरेको ती दृश्यले पत्रकारहरुले कथाको कुनै भेउ पाएनन् ।

कार्यक्रममा पत्रकारहरुले निर्देशक समेत रहेका अभिनेता विष्णुलाई प्रश्नको बर्षा गरेर टिजरमा आँचल र प्रशान्त किन अटाएनन् भन्दै सोधे ।
उनले पत्रकारहरुलाई आश्वस्त पार्ने प्रयास गर्दै भने, ‘सबै कुरा टिजरमा खोल्न मिल्दैन । बाँकी दृश्य ट्रेलरमा आउँछ ।’
ट्रेलरमा प्रशान्त र आँचलको अभिनयसहितको दृश्य हेर्न ापइने उनको आश्वासन थियो ।
अभिनेत्री आँचलले टेलरमा आफूलाई नदेख्दा अलिअलि नराम्रो लागेको प्रतिकृया दिइन् । भनिन्, ‘म आफूलाई चलचित्रमा यसरी देखाइ दिनुस भनेर माग गर्ने अभिनेत्री होइन । आफूलाई टेलरमा नदेख्दा थोरै दुःख चाही लाग्यो । उहाँहरुले सबै कुरा एकै पल्ट देखाउन नखोजेको हुनसक्छ ।’
चलचित्र नेपाली हिन्दीलगायत १० भाषामा संसारभर प्रर्दश नगरिने योजना रहेको निर्देशक तथा अभिनेता अधिकारीले जानकारी दिउका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ३ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।