४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने बानेश्वरको ‘वान सिनेमाज’लाई कारबाही सिफारिस



१९ मंसिर । बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको आरोपमा काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वान सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ।

सोमबार साँझ चलचित्र चलिरहेको समयमा बोर्डका सदस्य राजु केसी, केएल बुढाथोकी, रबी अधिकारी, बक्स अफिस अधिकृत प्रवीण पाण्डे, अध्यक्ष भुवन केसीका सहयोगी नीराजन गिरी सो हलमा पुगेका थिए।

तथ्य चेकजाँचको लागि पुग्दा बालबालिकालाई टिकट बिक्री गरी फिल्म एनिमल देखाइरहेको भेटिएको हो। हल व्यवस्थापनलाई ती बालबालिकाको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो।

सो चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ। यसको आधारमा बालबालिकालाई सो चलचित्र देखाउनु गैर कानुनी ठहर्ने बोर्डले जनाएको छ।

बालबालिकालाई ‘एडल्ट’चलचित्रको टिकट बिक्री नगर्न बोर्डले अनुरोध गरेको छ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।