१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नारायणगोपाल स्मृति सम्मान तारादेवी र गणेश रसिकलाई



काठमाडौँ
१९ मङ्सिर । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३ औँ स्मृति दिवसका अवसरमा स्वर किन्नरी तारादेवी (मरणोप्रान्त) र सङ्गीतकार गणेश रसिक (राई)लाई सम्मान गरिएको छ ।

नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थानद्वारा आज आयोजित कार्यक्रममा कोषका अध्यक्ष उषा शेरचनले उहाँहरुलाई नारायणगोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार प्रदान गरेकी छिन् । पुरस्कारको राशि जनही रु ५१ हजार रहेको छ ।

दिवङ्गत तारादेवीलाई प्रदान गरिएको सम्मान तथा पुरस्कार तारादेवी स्मृति प्रतिष्ठानका उपाध्यक्ष भूवन चन्दले ग्रहण गरिन् । अग्रज स्रष्टा तारादेवीले तीन हजार पाँच सय बढी गीतमा स्वर दिएकी छिन् ।

सो अवसरमा सम्मानित व्यक्तित्व रसिकले स्वरसम्राट नारायणगोपालसँगको सहकार्यका अनुभूति सुनाउँदै उनको गीत सङ्गीतबिना सुगम सङ्गीत अपुरो हुने बताए । कार्यक्रममा विभिन्न कलाकारले नारायणगोपालले गाएका विभिन्न गीत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  २ : ३७ बजे