२० मंसिर । अब मंगलबजारबाट लगनखेलसम्म फुटपाथमा व्यापार गर्न नपाइने भएको छ । ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार गर्न नदिने भएको हो । यहि मंसिर २४ आइतबारदेखि फुटपाटमा व्यापार गर्न नदिइने भएको हो । सर्वसाधारणलाई हिँडडुल गर्नमै समस्या भएको भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
ललितपुर महानगरपालिकाले फुटपाथ व्यापारीहरुले सामान बेच्दा भीडभाड हुँदा हिँडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न लागेको हो । मंगलबारदेखि माइकिङ र ब्यानर टाँसेर आइतबारसम्म फुटपाथ व्यापार हटाउन ललितपुर महानगरपालिकाले अनुरोध समेत गरेको जानकारी दिएको छ ।
प्रतिक्रिया