४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अनुमति विना कन्सर्टमा म्युजिक ट्रयाक प्रयोग नगर्न दोहोरी प्रतिष्ठानको आग्रह



२० मंसिर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले देश तथा विदेशका सांगीतिक कार्यक्रममा अनधिकृत रुपमा गीतको म्युजिक ट्रयाक प्रयोग गरिएको भन्दै चासो व्यक्त गरेको छ ।

प्रतिष्ठानले मंगलबार विज्ञप्ति जारी गर्दै गीतको धनी, सर्जक तथा प्रस्तोता, उत्पादनको समझदारीमा लिखित अनुमति प्रत्यायोजन गरेको खण्डमा मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

अध्यक्ष रीता थापामगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा गीतको म्युजिक ट्रयाक अनधिकृत रुपमा व्यावसायिक प्रयोग गरिएको गुनासो आएपछि उक्त कार्य नगर्न र नगराउन आग्रह गरिएको हो ।

स्रष्टाको अनुमति विना प्रयोग गरिएको पाइएमा प्रचलित प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ को व्यवस्थाअनुसार सम्बन्धित अधिकारको धनीको माग बमोजिम असुलउपर, जरिवाना र दण्ड सजाय हुनसक्ने जनाइएको छ ।

 

 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ३ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।