१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘नारायणगोपालको गीत हरेक दिन रेडियोमा बज्थ्यो’



ललितखबर
२० मंसिर । नेपाली सुगम संगीतका चर्चित गायक नारायण गोपालको जन्म जयन्तीको अवसरमार राजधान्मिा एक भव्य कार्यक्रम आयो जना गरियो । कार्यक्रममा गीतकार संगीतकार गणेश रसिक र स्वर किञ्नरी तारादेविलाई मरणोप्रान्त पुरस्कृत गरियो ।
कार्यक्रममा नारायण गोपाल संगीत कोषकी अध्यक्ष उषा शेरचनले नारायण गोपालको सम्झनामा संग्रालय निर्माण भएको बताइन् । उनले इच्छुकले कोषको सदस्यता लिन आह्वान गरिन् ।


पुरस्कृत रसिकले नारायण गोपाल नेपाली संगीत क्षेत्रको चम्किलो ताराको रुपमा व्याख्या गरे । उनले पछिल्लो दशकमा हरेक एफएमबाट हरेक दिन नारायण गोपालको गीत बजेको बताए । नेपाली संगीत क्षेत्रमा यस्ता गायक नभएको उदाहरण दिदै मंसिर १९ गते देशैभर कार्यक्रम आयोजना हुने विचार व्यक्त गरे ।


पुरस्कृत व्यक्तित्व रसिकले नारायण गोपालसँग चेस खेलेको,संगै गफ गरेको अनुभव सुनाए । नारायण गोपालले आफ्नो बच्चा नजन्मे पनि आजीवन श्रीमती पेमलासँग जीवन विताएको, रानी ऐश्वर्यसँग प्रेम सम्बन्ध रहेको कुरा झुटो भएको तर्क गरे । उनले नारायण गोपालको गीत मन पराउने महिला फ्यान असंख्य भएपनि कहिले पनि कुनै महिलासँग उक्लै भेटेको आफूले नदेखेको बताए ।


संगीतकार शम्भुजित बास्कोटाले नारायण गोपालको सम्झनामा धेरै काम भएकोमा खुशी व्यक्त गरे । उनले अकेष्ट्रा, संगीत प्रशिक्षण, प्रर्दशनीस्थल र कोषको आफ्नै भवनले नारायण गोपालको सबै सपना पुरा भएकोमा सन्तोष व्यक्त गरे ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ५ : ०० बजे