२० मंसिर । न्यूरोडको एक सुन पसलबाट करिब ८ किलो अवैध सुन बरामद भएको छ । प्रहरीले मंगलबार राती न्यूराेडस्थित ‘ओमपाल गोल्ड शप’ मा छापा मारेर सुन बरामद गरेकाे हाे ।
बानेश्वरस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टोलीले उक्त सुन पसलबाट ७ किलो ८ सय ग्राम सुन फेला पारेकाे हाे । यसकासाथै प्रहरीले ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई पनि पक्राउ गरेको छ ।
तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको अभियाेग पाण्डेमाथि लगाइएकाे छ । साेहि सूचनाका आधारमा प्रहरीले पाण्डेलाई नियन्त्रणमा लिएकाे जानकारी दिएकाे छ । प्रहरीले बरामद गरेकाे सुन केहि ढिक्कामा र केही गहना रहेकाे छ ।
प्रतिक्रिया