२० मंसिर । चलचित्र दुई कदममा देशको पुर्वी क्षेत्रको लिम्बुहरुको बसोबास रहेको क्षेत्रको कथा रहेको रहस्य खुलेको छ । राजधानीमा आयोजित ट्रेलर सार्वजनिकपछि चलचित्रका कलाकारले पटक पटक लिम्बुवानको नाम लिएको सुनिन्छ ।
त्यसो त चलचित्रको शिर्षभूमिकामा इओन लिम्बु छन् । चलचित्रमा प्रेम सुव्वा,विमला लिम्बु, कविता आले र अजुनले पनि कला देखाएका छन् । निर्देशक उदय सुव्वा पनि लिम्बु समुदायकै प्रतिनिधित्व गर्छन् । चलचित्रको निर्माण पनि लिम्बु समुदायकै तारादेवि लिम्बुले गरेकी छिन् । चलचित्रको संगीत ताराप्रकाश लिम्बुले दिएका छन् ।
चलचित्र मुख्य पात्र इओन लिम्बु र सिमोन गिरी दुवै डेव्यु नायक नायिका हुन् । गौरव पहारी,सुनिल थापा,बुद्धि तामाङ्ग,प्रितिका शर्मा,चन्दै दाहालको पनि अभिनय हेर्न पाइन्छ ।
निर्देशक उदय सुव्वाले आफूले २३ औं चलचित्र निर्देशन गर्दाको अनुभव सुनाउदै केही चलचित्रले ५१ दिन मनाएको कुनैले एक दिन मात्रैचलेको अनुभव सुनाए ।
ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकार सुनिल थापाले चलचित्र सफल हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया